१३ माघ २०७९, शुक्रवार

सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन, बक्यौता रकम नै १ करोड ८९ लाख बढी

२०७९,श्रावण,१,आईतवार १५:३८

216
Shares

काठमाडौं । नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठान सकेको छैन ।

प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकप्टर तथा जहाज चार्टर गरे वापत उठाउन बाँकी रकम अहिले १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०३४र३५ देखि २०७७र७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको उल्लेख गरिएको छ ।

‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७र७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४र३५ देखि २०७६र७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत १ करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ । बक्यौता रकम समितिको कार्यविधिअनुसार असुल गर्नुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतको लागि भूमिस्थ रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् ।

आर्थिक वर्ष २०७७र७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६र७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७र७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,१,आईतवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा

काठमाडाैं । पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरुबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी माघ ९ गते

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६