करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए ।

उनको वीपी कोईराला स्वास प्रस्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

गढी गाउँपालिका–३ बस्ने राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?