ठेचोको १२ वर्षे जात्राका लागि गोदावरीले दियो ५० लाख

लोकपथ
126
Shares

ललितपुर । ललितपुरको ठेचोमा हरेक १२ वर्षमा मनाइने नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख दिएको छ ।

शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितिलाई चेक हस्तान्तरण गरेका हुन् ।

नवदुर्गा नाच वाङ्य कमिटी अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलब्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सहज हुने बताए ।

उनले भने, ‘हाम्रो न्युनतम आकलनअनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’
नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ सफासुग्घर राख्न आग्रह गरे ।

नगरपालिकाको १२ नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले विभिन्न कमिटी बनाएर जात्राको तयारीमा लाग्न अनुरोध गरे ।

यही १० साउनदेखि सुरु हुने जात्रा आउँदो फागुनसम्म सञ्चालन हुने छ । जात्रा अवधिभर २८ वटा पुजा हुनेछन् भने ठेचो र सुनाकोठीबासीका लागि भोज खुवाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?