कुवेतलाई काठमाडौंसँग जोड्दै हिमालय एअरलाइन्स्

लोकपथ
133
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य कुवेतको पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ ।

जुलाई १५, २०२२ मा हिमालय एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडेको थियो ।

उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेम नाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

एअरलाइन्स्ले हरेक शुक्रबार काठमाडौंदेखी कुवेत र हरेक शनिबार कुवेतदेखी काठमाडौं उडान सञ्चालन गर्नेछ ।

अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो ।

नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने एअरलाइन्सले विश्वास लिएको छ ।

यस अवसरमा कम्पनीका प्रशासनिक उपाध्यक्ष, विजय श्रेष्ठले भने, ‘हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनी हो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावना अनुरुप गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?