काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट २३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकणर्श्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २६ वर्षीय निमा लामा, मोरङ पथरी शनिश्चरे नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापको रामेछाप नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय कृष्ण बहादुर मगर र मोरङ पथरी शनिश्चरे नगरपालिका-७ ठेगाना भएका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।
उपत्यकामा लागूऔषधको अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वभरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया