ट्रकको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

लोकपथ
77
Shares

कपिलवस्तु । ट्रकको ठक्करबाट कपिलवस्तुमा एक बालकको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका–१ बनकासबासास्थित सडकमा ना.३ ख ८०४२ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने गोपाल परियारको छोरा ७ वर्षीय बिमल परियारको मृत्यु भएको छ ।

शुक्रबार बिहान बाटो क्रस गर्ने क्रममा उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको स्थानीय संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?