किशोरीमाथि जबरजस्ती करणी आरोपमा २ जना पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । प्रहरीले झापाबाट १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडा बस्ने ४५ वर्षीय टेम्पा माली सतारलाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

सतारले ती किशोरीलाई विभिन्न प्रलोभन देखाई आफ्नै घरमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीमाबाट खटिएको प्रहरीले सतारलाई पक्राउ गरेको छ ।

त्यस्तै, नुवाकोटमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुप्चेश्वर गाउँपालिका–२ पाङगर बस्ने १९ वर्षीय सुनिल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई गाउँको बाटो छेउमा रहेको पुरानो घरमा लगी तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?