काठमाडौं । सिन्धुली, धनुषा, डोटी र रूकुम (पश्चिम) का विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–१३ मडाहा पुलमुनि कमला नदीमा सोही ठाउँ बस्ने ३३ वर्षीय यादव धामी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
माछा मार्न भनि दिउँसो घरबाट हिँडेका उनको उक्त नदीमा शव फेला परेको हो । यसैगरी, सिन्धुली, गोलन्जोर गाउँपालिका–६ बलेनी बस्ने ४५ वर्षीय दिलबहादुर माझी आफ्नै घरबाट ६ सय मिटर टाढा रहेको मकैबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित सार्वजनिक नोचा पोखरीमा सोही ठाउँ बस्ने २६ वर्षीय मोहन मुखिया बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार साईकल लिई हिंडेका उनको उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
डोटीको जोरायल गाउँपालिका–१ खडेना बस्ने ४५ वर्षीय मेकबहादुर कामी सोही गाउँपालिका–१ घोराडी भिरबाट करिब ७ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार घण्टेश्वर बजार जान्छु भनि हिडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो ।
रूकुम (पश्चिम) को मुसिकोट नगरपालिका–१२ जमारू बस्ने ५८ वर्षीय लिलबहादुर कामी सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट दुध लिएर डिलाडाँडा गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त बाटोमा उनको शव फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया