सवारी दुर्घटनामा परी विङ्गर भेन चालकको मृत्यु

लोकपथ
112
Shares

सुनसरी । कोशी गाउँपालिका–१ राजापोखरीस्थित सडकमा प्रदेश १–०२–००१ ज ३९०६ नम्बरको विङगर भेन र को.१ ख ७३२६ नम्बरको टिपर एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा भेन चालक मोरङ विराटनगर महानगरपालिका–९ बस्ने ३६ वर्षीय मन्जु खानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ९ जनामध्ये २ जनाको विराट नरसिंङ अस्पताल विराटनगरमा र ४ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

टिपर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?