जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

लोकपथ
133
Shares

कास्की । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका–२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?