कास्की र बाँकेबाट अवैध लागुऔषधसहित २ जना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । कास्की र बाँकेबाट अवैध लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ४ केजी अवैध लागुऔषध गाँजासहित सोही महानगरपालिका–३१ किमवेशी बस्ने २५ वर्षीय जिवन परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५९३९ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा बसमा सवार परियारलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । त्यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–२० मनिकापुरस्थित सडकबाट ६ ग्राम अवैध लागुऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका–२२ पुरैनी बस्ने ३२ वर्षीय भगवन्त लोनियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कण्ठीपुरबाट रांझा चोकतर्फ जाँदै गरेको भे.१२ प ३०१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक लोनियालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?