स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

लोकपथ
98
Shares

सर्लाही । प्रहरीले स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको ५ लाख ११ हजार ५ सय रुपैयासहित मलंगवा नगरपालिका–८ गोरखकालीबाट भारतको सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा–११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?