आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा बुधबार दिउँसो आगालागी हुँदा विभिन्न धनमाल जलेर क्षति भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्तहरू, विपद् व्यवस्थापन महाशाखा, नेपाली सेना, सशस्त्र प्रहरी बल र महानगरपालिका तथा नगरपालिकाबाट समेत खटिएको टोलीले स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

आगो नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीको वाटर क्याननको साथै काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, त्रिभुवन विमानस्थल र बौद्ध रामहिटिबाट १/१ वटा बारूणयन्त्र समेतको प्रयोग गरिएको थियो । आगलागीबाट भएको क्षतिको एकिन विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ माथिलो बञ्चरेस्थित राजकुमार लिम्बुको घरमा विद्युतको तार सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर र नजिकै रहेको गोठ पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?