रौतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

लोकपथ
49
Shares

रौतहट । रौतहटको दुर्गाभगवती गाँउपालिका–२ भलोहीमा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने अन्दाजी ७० बर्षीय किशोर ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको शिवदर्शन अस्पतालमा राती ९ बजे मृत्यु भएको हो ।

सुकदेवचोकबाट गंगापिप्रातर्फ आउदै गरेको ना३त ५३७० नम्बरको ट्रयाक्टरले सडकको छेउमा बसिरहेका ठाकुरलाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो ।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गंगापिपराले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?