१ हजार नाघ्यो सक्रिय संक्रमित, २४ घण्टामा २ सय बढीमा संक्रमण

लोकपथ
35
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ३१७५ जनाको परीक्षण गर्दा १७७ जनाको पीसीआर र २९ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । त्यसो त पछिल्लो २४ घण्टामा थप ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ८ सय १० पुगेको छ । हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको १ हजार १ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने कसैको पनि मृत्यु भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?