रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

लोकपथ
28
Shares

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिले बुधबार मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् । हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १:१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । गत १२ असारमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?