३१ आश्विन २०७८, आईतवार

रोग लाग्नै नदिन के गर्ने ? यस्ता छन् जान्नै पर्ने उपाय

२०७५,भाद्र,२१,बिहीवार ०८:३३


भनिन्छ, “रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हो ।” बिरामी हुँदा स्वास्थ्य त जटिल बन्दै नै जान्छ आर्थिक भार पनि बढ्छ । बिरामी पर्दा आफ्नो दैनिकि दिचर्या पनि सहज हुँदैन । आफ्नो हेरविचार गर्ने परिवारको एकजना मान्छे आफ्नो साथमा खटिनुपर्छ । 

रोगले उमेर, जात भाषा लिङ्ग केहि पनि भन्दैन् । तर, रोग फैलिन नदिन वा यसबाट बच्न विभिन्न तरिका अपनाउन भने सकिन्छ । नेपालीको औसत आयु ७० वर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । त्यसैले हामीले जीउने ७० वर्षको उमेरसम्म हामी कसरी तन्दुरुस्त, स्वस्थ्य, उर्जावान् र खुसी भएर बाँच्छौं भन्ने प्रश्नहरु उठ्नु स्वभाविक नै हो ।

हामीले देखेका छौँ कि ७० वर्षको उमेरमा त मानिस रोगले थलिएका, जीर्ण, पाको, रोगी शरीर लिएर घिस्रिन्छौं । यो सत्य पनि हो कि निश्चित उमेर पार गरेपछि हामीले देह त्याग गर्छौं । यद्यपी जति उमेरसम्म बाँचिन्छ, त्यस अवधीसम्म स्वस्थ्य एवं निरोगी भएर बाच्न सक्नु ठूलो उपलब्धी हो । 

हामी बाँच्ने वायुमण्डल दुषित भएकाले युवा अवस्थामा नपुग्दै कोही दमले निस्साइरहेका छन्, कोही क्यान्सरले छटपटाइरहेका छन् । कति उच्च रक्तचापले गलाइसकेको छ, कसैलाई मधुमहेले छोपसकेको छ ।

हामीले पिउने पानीदेखि खाने भोजनसम्म विषाक्त र खराब त हाम्रो जीवनशैली भएको कारण हामी उमेर नपुग्दै रोगका शिकार बनिरहेका छौं ।

स्वस्थ्य, निरोगी, तन्दुरुस्त जीवनका लागि हामी आफ्नै प्रयास पनि काफी छ । खानपानमा सर्तकता र जीवनशैलीमा अनुशासन अपनाएर हामी स्वस्थ्य हुन सक्छौं ।

तपाईंको स्वास्थ्यलाई आर्थिक अवस्था, उपलब्ध स्रोतसाधन र यस्तै अन्य कुराले असर गर्न सक्छ, जुन तपाईं चाहेर पनि टार्न सक्नुहुन्न । तैपनि स्वस्थ रहने केहि टिप्सहरु यस्ता छन् । 

१. प्रशस्त सुत्ने
कति समय सुत्नुपर्छ, त्यो मानिस अनुसार फरक हुन्छ । 

दैनिक ७–८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।

२. ब्रेकफास्ट गर्ने बानी बसाल्ने
बिहानको समयमा ब्रेकफास्ट नर्गनाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।

३.सफा पानी प्रयोग गर्ने
दूषित पानीले गर्दा हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस वा अन्य संक्रामक रोगहरू लाग्न सक्छ ।  त्यसकारणले सफा पानी प्रयोग गर्नु जरुरी छ । साथै दैनिक प्रशस्त पानी पिउनुपर्छ । 

४.खानेकुरामा ध्यान दिने
ब्रो काउली, बन्दा, गेडागुडी, हरियो केराउ, सोया, तोफु, जामुन, बेरिज, कन्दमूल, बदाम, जैतुनको तेलजस्ता भिटामिन पाइने सामग्री हुन् । यस्ता खानाको नियमित सेवनसँगै केही स्वास्थ्यसँग सम्बन्धित व्यवहार पनि सुधार्न अत्यन्त जरुरी छ ।

स्वस्थ्य मुटुका लागि जौ, मकै, गहुँ, कोदोलगायत फाइबरयुक्त खाद्यसामग्री उपयोगी हुन्छन् । तरकारीमा गेडागुडी, सिमी, केराउ, सोयाबिन आदि र फलफूलमा स्याउ, अम्बा, सुन्तला, मेवा, अंगुर, अनार, भुईंकटहरलगायत पर्छन् । त्यस्तै तरकारीमा अन्य कुरिलो, ब्रोकाउली, तामा, बोडी, बन्दाकोभी, मुला, सलगम, लसुन २–३ कोसा दैनिक काँचो वा भुटेर सेवन गर्दा मुटुलाई फाइदा पु-याउँछ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।

५. शारीरिक व्यायाम 
नियमित तवरमा शारीरिक व्यायाम गर्नुपर्छ । कस्तो खालको व्यायाम गर्नु ठीक हो भन्ने कुरा उमेर र स्वास्थ्यमा भर पर्छ । त्यसैले कुनै नयाँ किसिमको व्यायाम सुरु गर्नुभन्दा पहिलो डाक्टरसित परामर्श लिनु राम्रो हो । थुप्रै विशेषज्ञको सल्लाह अनुसार केटाकेटी र युवायुवतीले हरेक दिन कम्तीमा ६० मिनेट सामान्यदेखि कडा व्यायाम गर्नुपर्छ । वयस्कहरूले हरेक हप्ता १५० मिनेट सामान्य वा ७५ मिनेट कडा व्यायाम गर्नुपर्छ ।

सथै लिफ्टको सट्टा  सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ ।

६. सरसफाइमा ध्यान दिने
अमेरिकाको रोग रोकथाम र निवारण केन्द्र अनुसार रोग लाग्नदेखि बच्ने वा रोग फैलिन नदिने सबैभन्दा राम्रो उपाय हात धुनु हो । फोहोर हातले नाक वा आँखा छुँदा रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले हात फोहोर हुन नदिन नियमित रूपमा हात धुनुपर्छ । तर धेरैलाई हात धुने तरीका नै थाहा छैन । 
 

प्रकाशित मिति: २०७५,भाद्र,२१,बिहीवार ०८:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्वास्थ्यको दृष्टिकोणले बन्दाकोबीको पातलाई स्वास्थ्यवर्धक खानेकुरा मानिन्छ । तर, बन्दाकोबीको पात खाँदा भने विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । यदि

खाना खाएपछि हामी सामान्यतया केही बेर सुस्ताउँछौँ वा केही समय स्थिर भएर बस्छौँ । यो तपाई हामी सबैको चलन हो

युरिक एसिड भएका व्यक्तिहरूलाई चाडपर्वको समयमा सबैभन्दा नमिल्ने भनेकै खानपिन नै हो । अझ दसैँ जस्तो महान् चाडपर्वको अवसरमा युरिक

चाडपर्वको अवसरमा नेपालीहरूको खानपानमा व्यापक परिवर्तनहरू देखिने गर्छ । अझ वर्ष दिनमा एक पटक आउने चाडबाडको समयमा सबैले घरमै मिठो

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०