पेस्तोलको गोलीसहित चोरीमा संलग्न युवक पक्राउ

लोकपथ
0
Shares

झापा । झापा प्रहरीले चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा किशोरलाई पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

उक्त पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले फेला पारेको जनाएको छ ।

किशोरलाई थप अनुसन्धानको क्रममा सोही मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल जुस १९ थान, सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा उक्त पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडी इँटामुनी लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?