गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
98
Shares

गोर्खा । गोर्खाको गोर्खा नगरपालिका-५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

गोर्खा नगरपालिका-५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा-७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने मध्यम रहेको छ ।

तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?