प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधार : मन्त्री कुँवर

लोकपथ
14
Shares

कैलाली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न बर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् ।

कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी विपन्न बर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका हुन् ।

स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोहि अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित बर्ग त्यसबाट प्रत्यक्ष लाभावन्वित हुने मन्त्री कुँवरको भनाइ छ । देश विकासमा युवा जनशक्तीको अनिर्वाय सहभागितामा जोड दिँदै उनले दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरुको गम्भिर ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन पछि भएका उपलब्धी र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराए ।

कार्यक्रममा कैलालीका १३ र कंचनपुरका ९ पालिकाका प्रतिनिधि २ जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?