क्यान्सरको उपचार सहज बनाउने अनुसन्धानमा ठूलो सफलता

एजेन्सी : क्यान्सरको उपचार सहज बनाउने अनुसन्धानमा अनुसन्धानकर्ताहरूलाई ठूलो सफलता प्राप्त भएको छ ।

वैज्ञानिकहरूले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को उपयोग गरी क्यान्सरको विकासक्रमलाई पता लगाउने सफलता प्राप्त गरेका हुन् ।

यो सफलताबाट क्यान्सरका रोगीहरूको सर्वाधिक प्रभावशाली उपचार शुरू गर्ने विषयमा चिकित्सकहरूलाई सहयोग प्राप्त हुनेछ ।

लन्डनको इन्स्टिच्युट अफ क्यान्सर रिसर्च(आईसीआर) र युनिभर्सिटी अफ एडिनबर्गको टोलीले संयुक्तरूपमा खोज गरेको प्रविधिलाई ‘रिभाल्भर’ अर्थात रिपिटेड इभोल्युशन अफ क्यानसर भनिएको छ ।

क्यान्सरको अवस्थामा डिएनएमा भएको परिवर्तनको प्रणाली (प्यार्टन)लाई यो प्रविधिले रेकर्ड गर्छ । यसलाई भविष्यमा डिएनएमा हुने परिवर्तनबारे जान्न उपयोग गरिन्छ ।

अनुसन्धानकर्तारूका अनुसार शरीरमा हुने गाँठो(ट्युमर)मा भइरहने निरन्तरको परिवर्तन क्यान्सरको उपचारमा ठूलो चुनौती अहिलेसम्म रहेको थियो ।

एक क्यान्सर ‘ ड्रग रेसिस्टयान्ट ’हुन  सक्छ । यो भनेको क्यान्सरमा कुनै औषधिको प्रभाव समाप्त हुनु हो ।

चिकित्सकहरूले ट्युमर विकसित हुने बारे जानकारी  प्राप्त गर्न सके उनीहरूले ड्रग रेसिस्टयान्ट हुन अघि उपचार शुरू गर्न सक्छन् ।

अनुसन्धान टोलीलाई ट्युमरमा भइरहने निरन्तरतको परिवर्तन र क्यानसरबाट जोगिन सक्नेबीचको सम्बन्ध प्राप्त भएको छ ।

यो प्रविधिबाट डिएनए परिवर्तनको दोहरिने प्यार्टन र क्यान्सर पत्ता लगाउन सहयोग गर्ने र यसको उपचार त्यस अनुरूप गर्न सकिनेछ ।

उदाहरणका लागि ब्रेस्ट ट्युमरमा ट्युमर रोक्न पी५३ प्रोटिनको जीनमा कमी आउँछ त्यसपछि क्रोमोजोमा ८मा परिवर्तन हुन्छ  ।

यस्तोमा रोगीको ज्यान जोगिने सम्भावना कम हुने गर्छ ।

अनुसन्धानकर्ता टोलीले एक मसिनमा आधारित प्रविधिको विकास गरेका छन् । त्यो प्रविधिले रोगीको ट्युमरबारे जानकारी दिनेछ ।

अनुसन्धानकर्ताहरूले फोक्सो, स्तन, मिर्गौला र आन्द्राको क्यान्सरका लागि पछिल्ला अध्ययन गरे ।

१७८ रोगीको ७६८ ट्युमरको नमूनालाई उपयोग गरी ट्युमरको डेटा संकलन गरेका थिए । यो डेटा संकलन क्यान्सर पत्ता लगाउन गरिएको थियो ।

साथै सबै क्यानसरसँग यो अध्ययनले तुलना पनि गरेको छ । प्याटर्न पत्ता लगाएर  क्यान्सरको जैविक अवस्थाको उपलब्ध जानकारीलाई जोडेर वैज्ञानिकले ट्युमरको विकास पत्ता लगाउन सक्छन् ।

यो अनुसन्धान जरनल नेचर मथड्समा प्रकाशित भएको छ ।

यो टोलीको प्रमुख चिकित्सक एन्ड्रिया सोट्टोरिवाले अहिलेसम्म क्यान्सर कसरी बढिरहेको छ त्यसको जानकारी गर्न गाह्रो रहेको र अब यो जानकारी पाउन सफलता मिल्ने भएको बताए ।

इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्रोफेसर पाल वर्कम्यानले भने “क्यान्सरको विकास उपचार गर्न सबैभन्दा ठूलो चुनौती थियो ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?