काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ३ हजार १ सय १६ जनाको परीक्षण गर्दा १४४ जनाको पीसीआर र ३३ जनामा एन्टीजेन पुष्टि भएको हो ।
यसअघि सोमबार नेपालमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने आइतबार १२१ जनामा कोरोना संक्रमण भएको र शनिबार १०४ जना संक्रमित थपिएको थियो । यसरी हेर्दा यो हप्ता दैनिक कोरोना संक्रमणको दर बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमणमुक्त भएको तर कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाइ रहेको छ ।
पछिल्ला दिनहरुमा संक्रमितको संख्या भन्दा संक्रमणमुक्त हुने दर कम भएका कारण सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८७३ रहेको मन्त्रालयको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया