बाढीले डोल्पा दुनैका २४ परिवार विस्थापित

लोकपथ
35
Shares
फाइल तस्बिर

सुर्खेत । डोल्पाको ठूलीभेरी नगरपालिका-३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् । ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूणर्रूपमा क्षति पुर्याएको हो ।

धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ । यस्तै, कणर्बहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।

उनकाअनुसार २४ जनाको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै १ करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्यांकन विवरणमा उल्लेख छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिबारे जानकारी गराएकी थिइन् । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यो भन्दा अगााडि गरिएको कामसमेत परिणाममुखी नहुदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?