कोरोनाको ग्राफ दिनानुदिन बढ्दै, एकैदिन थपिए १६८ संक्रमित

लोकपथ
105
Shares

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ ।

शनिबार, आइतबार भन्दा सोमबार नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसो त शनिबार नेपालमा १२० जना र आइतबार १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर ३०२० जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमण पुष्टि भएको हो । सो अवधिमा नेपालमा थप ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर पछिल्लो २४ घण्टामा कुनै संक्रमितको कोरोनाको कारण मृत्यु भएको छैन ।

दिनानुदिन कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । हाल नेपालमा ७७० सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?