महोत्तरीका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिकबाहेकका सबै सेवा बन्द

महोत्तरी । गत वैशाखदेखि तलब नदिएको विरोधमा महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी सो गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

आन्दोलित स्वास्थ्यकर्मीले पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता भएको थियो । तर, उक्त सम्झौता कार्यान्वयनमा नआएपछि स्वाथ्यकर्मीले सम्सी गाउँपालिकामा मंगलबारदेखि तालाबन्दी गरेका हुन् । 

स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका समेत गरेका छन् । आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिका र स्वास्थ्यर्मीबीच यसअघि ०७५ असार २८, साउन ५, साउन ७ र साउन २५ गते तलब, भत्तालगायतका अन्य सुविधा उपलब्ध गराउने सहमति भएको थियो । 

तर, स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्रमा तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो । 

सो सहमति कार्यान्वयन नभएपछि स्वास्थ्यकर्मीले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएको यादवले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?