काठमाडौं । देशका विभिन्न स्थानमा गरी ४ जना मृत अवस्थामा फेला परेका छन् । झापाको दमक नगरपालिका-२ कोलेनिका स्थितमा तेह्रथुम फेदाप गाउँपालिका-४ बस्ने ५० वर्षीय राम बहादुर राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङको सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित खोलाको किनारमा निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार घरबाट घाँस काट्न हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका-६ रेग्मी टोलस्थित खाली घरमा हाल वतन नखुलेका ५५ वर्षीय राजेश चौधरी भन्ने व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको रंगेली नगरपालिका-१ जमुवाडिपुको सथाल टोलस्थित केसलिया खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया