काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार पाल्पाको तानसेन घर भई हाल काठमाडौंको नागार्जुन बस्ने ५६ वर्षिय विष्णु प्रसाद गैरेलाई पक्राउ गरिएको हो ।
शरद मल्लको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिष्णु प्रसाद गैरै भएको भएको बैंकिङ कसुर तथा मुद्धामा गैरेविरुद्ध उच्च अदालत पाटन ललितपुरले विसं २०७९ जेठ २७ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गत सात लाख ४० हजार रुपैयाँ बिगो कायम रहेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै फरार भएका गैरेलाई बिहीबार पक्राउ गरी शुक्रबार थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया