पत्रकार बनेर र्‍यालीमा छिरेका आक्रमणकारीले क्यामेरामा फिट गरेका थिए बन्दुक

लोकपथ
2k
Shares

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको आज गोली हानी हत्या गरिएको छ । जापानी सहर नारामा आवेले एक र्‍यालीलाई सम्बोधन गरिरहेका बेला उक्त घटना भएको हो । घटनामा संलग्नलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ । आक्रमणकारीले पूर्वप्रधानमन्त्रीलाई पछाडिबाट गोली हानेका थिए । उनको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।

पूर्व प्रधानमन्त्री शिन्जो आबे स्थानीय समय अनुसार बिहान ११:३० बजे नारा सहरमा कन्सुलर चुनावका लागि भाषण दिइरहेका थिए, जापान टाइम्सले जनाएको छ। आवेलाई गोली लागेको तीन घण्टासम्म अस्पतालमा उपचार भए पनि उनी बच्न भने सकेनन् ।

यो पनि पढ्नुहोस् : रहेनन् जापानका पूर्व प्रधानमन्त्री सिन्जो

शिन्जो आबेले गोली हान्यो

द जापान टाइम्सका अनुसार गोली चलेकाेबेला उनीहरूकाे रिपोर्टर मिउरी शिम्बुन घटनास्थलमा थिए। उनले पूर्व प्रधानमन्त्री शिन्जो आबे बिहान ११:२० बजे घटनास्थल पुगेको जानकारी दिए । उनले लिबरल डेमोक्र्याटिक पार्टीको कन्सुलर उम्मेदवार परिचय गराउन थालेपछि एक युवकले पछाडिबाट गोली हानेका थिए । त्यतिबेला ठूलो आवाज सुनियो । युवकसँग लामो ट्यूब जस्तो हतियार थियो।

आवेलाई गोली लागेको १५ मिनेटपछि एम्बुलेन्स आइपुगेको थियो । जापानी पत्रकार योमिउरी शिम्बुनका अनुसार पूर्वप्रधानमन्त्रीलाई गोली लागेको १५ मिनेटपछि एम्बुलेन्स त्यहाँ पुगेको थियो । यससँगै उनलाई अस्पताल लगियो । त्यतिन्जेल धेरै रगत बगिसकेको थियो । गोली लागेपछि आबेलाई हृदयघात पनि भएको थियो । ६७ वर्षीय आबे पहिलेदेखि नै गम्भीर रोगसँग लडिरहेका थिए।

शिन्जो आबेमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

आक्रमणकारी को हो ?

जापान टाइम्सका अनुसार शिन्जो आबेलाई गोली हानेर हत्या गर्ने संदिग्धको नाम तेत्सुया यामागामी रहेको छ। उनको उमेर ४१ वर्ष छ । उनी नारा शहरका बासिन्दा हुन् । प्रहरीले उनीसँग अझै सोधपुछ गरिरहेको छ । उनी जापानी नौसेनाका पूर्व सैनिक भएको बताइएको छ । उनी सन् २००५ मा रिटायर भएका थिए ।

जापानी सञ्चारमाध्यमका अनुसार आरोपीले सोधपुछका क्रममा हत्याको प्रयास गरेको स्वीकार गरेका छन् । उनले आबेसँग आफू ‘असन्तुष्ट’ रहेको बताए। मिडिया रिपोर्टका अनुसार सिन्जो आबेलाई गोली हानेर हत्या गर्ने व्यक्ति पत्रकारको रुपमा कार्यक्रममा पुगेका थिए । उनले साथमा बन्दुक बोकेका थिए । आक्रमणकारीले क्यामेरामा बन्दुक फिट गरेर ल्याएको थियो ।

यो पनि पढ्नुहोस् : को हुन् सिन्जो आवे ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?