बसमा सवार यात्रुको नगद पाकेटमारी

लोकपथ
0
Shares

काठमाडौं । धनुषा धारापानी नगरपालका-८ घर भएका हाल कपन बस्ने २४ वर्षीय संजय मगरको साथबाट नगद १ लाख ८३ हजार ५ सय रूपैयाँ बिहीबार दिउँसो पाकेटमारी भएको छ ।

हाल अल्फाबेट नम्बर नखुलेको बसमा ग्वार्कोबाट तिनकुनेसम्म जाँदै गरेका मगरको पछाडि भिर्ने झोलामा राखिएको उक्त नगद अपरिचित व्यक्तिले पाकेटमारी गरी लगेको बताइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले पाकेटमारीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?