बारामा मोटरसाइकलको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, चालक फरार

लोकपथ
42
Shares

बारा । बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।

सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटना पछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्र आर्दश बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?