काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
आक्रमणकारीले उनलाई पछाडिबाट दुईवटा गोली हानेपछि सिन्जो€ आबे भुइँमा खसेका थिए र उनको शरीरबाट रगत बगिरहेको देखिएको थियो। यो पूरै घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।
#WATCH | Ex-Japanese PM Shinzo Abe shot during a speech in Nara city. Fire Dept says he's showing no vital signs, is in cardiopulmonary arrest & scheduled to be transferred by medevac to Nara Medical University. Shooter nabbed.
Aerial visuals from Nara City.
(Source: Reuters) pic.twitter.com/OSVxn48fyD
— ANI (@ANI) July 8, 2022
सिन्जो आवेको मुटुको धड्कन रोकियो :
समाचार एजेन्सी एपीले एक जापानी अधिकारीलाई उद्धृत गर्दै पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेले आक्रमणपछि सास फेर्न नसकेको बताए। एयरलिफ्ट गर्दा उनको मुटुको धड्कन पनि रोकिएको बताइएको छ । आक्रमणको खबर पाएलगत्तै जापानका प्रधानमन्त्री फुमियो किशिदा र अन्य क्याबिनेट मन्त्रीहरू टोकियो फर्किएका छन्।
यो पनि पढ्नुहोस् : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया