भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवकको मृत्यु

लोकपथ
0
Shares

काठमाडाैं । भक्तपुरमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?