बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु

लोकपथ
52
Shares

ओखलढुंगा । ओखलढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी निवासी ५१ वर्षीय युवराज राई रहेका छन् ।

बिहीबार बिहान आफ्नै पाखा पारीको गोठमा उनी गाईबस्तुलाई घाँस दिन गएका थिए । सोही क्रममा लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशब अधिकारीले बताए ।

प्रहरीका अनुशार मृतक राई बारीको डिलबाट झन्डै ५० मिटर तल खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?