भक्तपुरमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै

लोकपथ
52
Shares

भक्तपुर । सन् २०११ मा काठमाडौँबाट सुरू भइ नेपालसहित सिंगापुर, भारत, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, हङकङलगायतका देशमा लोकप्रिय बनेको कोरा साइकलिङ च्यालेन्ज भक्तपुरमा पनि हुने भएको छ ।

गत वर्ष पहिलो पटक साइकल कनेक्ट भक्तपुरको आयोजनामा भएको कोरा भक्तपुर आयोजनामा ५० जना सहभागीले ५० किमी साइक्लिङ गरे पनि यस वर्ष भने ५० किमी, ७५ किमी र १०० किमीको च्यालेन्ज हुने भएको छ ।

यही १६ जुलाइमा विश्वभर आयोजना हुने कोरा च्यालेन्जका अवसरमा साइकल कनेक्ट भक्तपुरको नेतृत्वमा च्यालेन्ज हुन लागेको हो । साइकलप्रेमीहरूको महामेला कोरा साइक्लिङ च्यालेन्जको दौरान भक्तपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय साइलिङ गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने जमर्को गरेको आयोजकले बताएका छन् ।

सुरूवाती सहभागीहरूको लागि ५० किमीको रूट भक्तपुर दरबार क्षेत्रबाट सुरू भइ निलबाराही, बहाका बजार, शंखधर चोक, किवाचोक, गुण्डू, सूर्यविनायक, सिपाडोल, मालिगाँउबाट नलिन्चोक, ताथली, सुडाल, जीतपुर हुँदै पुनः दरवार क्षेत्र आएर टुंगिनेछ ।

७५ किमी र १०० किमीको यात्रा भक्तपुर दरवार क्षेत्रबाट सुरू भइ निलबाराहीबाट दुवाकोट, चांगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, ल्हासापाको थाकलमाथ, खावा, नालाछाप, लतलम्बेश्वर, साँगा, रानीकोट, अन्नतलिंगेश्वर, बालकोट, सानो थिमी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा आएर टुंगिने छ ।

१०० किमीको रूट बोजिनीबाट भंगेरी डाँडा–चरेली–ल्हासापाको हुँदै खावा निस्कने छ । पुनः ७५ कि।मि को यात्रा सांगाबाट–काक्राबारी – मालिगाउँ हुँदै सूर्यविनायक– किवाचोक–बालकोट–थिमीतर्फ जानेछ भने १०० किमीको यात्रा साँगा, खालचोक, रानीकोट हुँदै गुण्डु–सिरूटार–कौशलटार–लोकन्थली– सानोथिमी हुँदै भक्तपुर दरबार क्षेत्र पुगरे टुंगिनेछ। कोरा भक्तपुरको लागि भक्तपुरलगायत बनेपा, ललितपुर, काठमाडौं, पोखरा, मकवानपुर, नुवाकोट, तनहुँलगायतबाट ८० भन्दा धेरैले नाम दर्ता गराइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?