२६ श्रावण २०७९, बिहीवार

उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ 

२०७९,असार,२३,बिहीवार १८:२८

27
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । उनले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिएका थिए ।

उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै उनले नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताएका थिए । त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उनले जनाए ।

भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने जनाएका थिए ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताएका थिए ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १८:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

लमजुङ । लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष

एजेन्सी । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका

ताजा समाचार