२३ श्रावण २०७९, सोमवार

भारत सरकारको सहयोगमा निर्मित २ विद्यालय भवन उद्घाटन

२०७९,असार,२३,बिहीवार १८:०७

18
Shares

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार नवनिर्मित दुवै भवन उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख लागतमा यी परियोजनालाई अघि बढाइएको हो ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको [email protected] आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा यी परियोजनाहरुको उद्घाटन गरिएको भारतीय दूतावासले जनाएको छ ।

शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः ७०० र १३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यी विद्यालयका लागि यस परियोजना अन्तर्गत निर्माण गरिएका नयाँ पूर्वाधारले उपयुक्त वातावरण सिर्जना गर्ने विश्वास लिएको बताइएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १८:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमवार पत्रकार भेटघाट

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

ताजा समाचार