काठमाडौं । बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम)मा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।
त्यसैगरी,कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसिको बुधबार दिउँसो मृत्यु भएको छ।
त्यसैगरी नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राज कुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।