कोरोनाका ७८ नयाँ संक्रमित थपिए

लोकपथ
13
Shares

काठमाडौं । आज एकैदिन देशभर ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरेको थियो ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । आज २३ जना संक्रमित निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?