अर्थसचिव मरासिनी काममा फर्किए

लोकपथ
104
Shares

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन्। सचिव मरासिनीको सचिवालयका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्।

अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि मरासिनी बिरामी भएको कारण देखाउँदै बिदामा बसेका थिए । विवादमा परेका अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका छन् ।

अर्थमन्त्री शर्मा विवादमा परेपछि अर्थसचिव मरासिनी प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदामा बस्ने जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?