अवैध रूपमा ल्याउँदै गरेको सुन र चाँदीसहित भारतीय पक्राउ

लोकपथ
84
Shares

रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?