२३ श्रावण २०७९, सोमवार

बेँसीशहर–चामे सडक एक साताका लागि बन्द

२०७९,असार,२२,बुधबार २१:०८

54
Shares

लमजुङ । बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बुधबार बिहान ८ बजेदेखि एक हप्ताका लागि बन्द भएको हो ।

सडक ढलान तथा स्तरोन्नतिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।

विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

पैँसट्ठी किलोमिटर दूरीको बेँसीशहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ । गत वर्ष बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध भएको थियो । मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीशहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए ।

प्रकाशित मिति: २०७९,असार,२२,बुधबार २१:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल आइतबार बिहान

ताजा समाचार