सवारी साधनको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

लोकपथ
39
Shares

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । बुधबार उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताए ।

साथै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ् प्लान्ट स्थापनागरी बढ्दो व्यापार घाटा कम गर्न सुझावसमेत दिए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याउने गर्दछ । यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ भन्दै यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए ।

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गर्नु भएको थियो । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?