२६ श्रावण २०७९, बिहीवार

महिला बेचबिखन तथा ओसारपोसारमा संलग्न तीन जना पक्राउ

२०७९,असार,२२,बुधबार १८:१८

0
Shares

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् ।

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।दौलतले कुवेतमा मासिक ४० र ५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लगि बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कुवेतमा ती पीडितलाई घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा उनलाई कुवेतबाट उद्धार गरिएको थियो ।

साथै रेवतीले भारतमा डान्स बारमा काममा लगाईदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्‍याई डर त्रास देखाई डान्स गर्न लगाएको प्रहरीले जनाएको छ । ती पीडितलाई सौनाबजारबाट भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माईती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो ।

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४० र ५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति: २०७९,असार,२२,बुधबार १८:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । नगर

चितवन । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय

अछाम । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालू आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको

ताजा समाचार

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४