आज ११३ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
78
Shares

काठमाडौं । नेपालमा आज थप १ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । आज २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा १ हजार ५४९ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?