‘च्यास्मीटार आकाशगंगा’को दोश्रो अंक विमोचन

लोकपथ
39
Shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा ‘च्यास्मीटार आकाशगंगा’ पुस्तकको दोस्रो अंक विमोचन गरिएको छ । वौद्धिक समूह नेपाल, गोपिकृष्ण, काठमाण्डौंले प्रकाशन गरेको ‘च्यास्मीटार आकाशगंगा-०७९’ च्यास्मीटार माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र वौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले विमोचन गरेका हुन् ।

च्यास्मिटार उच्च माध्यामिक विद्यालयका भूतपुर्व विद्यार्थी तथा सरोकार मञ्चको शिक्षा विभागले प्रकाशन गरेको ‘च्यास्मिटार आकाशगंगा’को दोस्रो अंक वौद्धिक समूह नेपालले प्रकाशन गरेको हो ।

शिक्षा र चेतनास्तर अभिवृद्धि गर्दै समाजको विकृति र विसंगती हटाएर नागरिकमा सकरात्मक प्रभाव पार्न टेवा पुग्ने खालका विषयवस्तु समेटेर मुखपत्र प्रकाशनमा ल्याइएको बौद्धिक समुह नेपालले जनाएको छ ।

एक सय ३४ पेजको पुस्तकमा शिक्षासँग सम्बन्धित लेखलाई प्राथमिकताका साथ स्थान दिइएको बौद्धिक समुह नेपालका अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?