राष्ट्रियसभा अध्यक्ष चढेको केवलकार बिचमै अड्किएपछि…

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सवार केवलकारमा ३५ मिनेट रोकिएका छन् ।

बुधबार दिउँसो परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमल्सिना चढेको केवलकारमा प्राविधिक समस्याका कारण बिचमै ३५ मिनेट अड्किएका हुन् ।

उनी सवार केवलकार चन्द्रागिरिको ठाडो भिरमा पुगेर ३५ मिनेट अड्किएको र प्राविधिक समस्या समाधानपछि सहज रुपमा चन्द्रागिरि पुगेको बताइएको छ ।

बेलाबेला केवलकारमा प्राविधिक समस्याका कारण मानिसहरु समस्यामा पर्दै आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?