भक्तपुरमा सुनका गरगहना चोरी

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा एक घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फुलबारी टोलस्थित कुसुम श्रेष्ठको गरी करिब १५ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

मंगलबार बेलुकी अपरिचित व्यक्तिहरूले घरको मूलगेट र कोठाको ताला फुटाई धनमाल चोरी गरी लगेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । चोरीमा संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?