शिकागो नरसंहार : आक्रमणकारीले गरेका थिए ७० राउन्ड गोली फायरिङ

लोकपथ
52
Shares

काठमाडौं । शिकागोको एक उपनगरस्थित हाइल्यान्ड पार्कमा कम्तीमा सात जनाको ज्यान लिने गरी भएको हमलामा दर्जनौँ राउन्ड गोली प्रहार गरिएका विवरण सार्वजनिक भएको छ । बन्दुकधारीले एआर–१५ हतियार प्रयोग गरेर ७० भन्दा बढी गोली हानेको प्रहरीले जनाएको छ ।

२१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयको आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका थिए । तर, प्रहरीले आक्रमणको कारण पत्ता लगाउन सकेको छैन् । उनमा मानसिक समस्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार सन् २०१९ को अप्रिलमा उनले आत्महत्या प्रयास गरेका थिए । आत्महत्याको प्रयासपछि उनलाई प्रहरीले बोलाएको थियो । त्यसबेला उनमा मानसिक समस्या देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

जुलाई ४ मा भएको उक्त गोलीकाण्ड अमेरिकी संस्कृतिलाई बिथोल्ने पछिल्लो घटना थियो । पछिल्ला सातामा अमेरिकामा विद्यालय, गिर्जाघर, सुपरमार्केट हुँदै सार्वजनिक परेड स्थल रणभूमिमा परिवर्तन हुँदै छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?