एमालेले संसदमा हंगामा गर्ने भएपछि बैठक रोकेर छलफलमा संसद सचिवालय

लोकपथ
182
Shares

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझैसम्म सुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयले बिहान ११ बजेका लागि बैठक आह्वान गरि विभिन्न कार्यसूची सार्वजनिक गरेको थियो । तर १२ बजिसक्दा पनि बैठक सुरु हुन नसकेको हो ।

बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएको भन्ने विषय थप चर्किएपछि छलफल भइरहेको संसद सचिवालयका एक कर्मचारीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोधलाई थप चर्काउन लागेपछि सचिवालयले एमालेसँग छलफल गरेका कारण बैठक बस्नमा ढिलाई भएको हो ।

‘अर्थमन्त्रीको विषयमा प्रमुख प्रतिपक्षी दल थप आक्रामक हुनेभएपछि बैठक रोकेर छलफल चलाइएको हो ।’ उनले भने ।

चौतर्फी रुपमा अर्थमन्त्रीमाथि राजीनामाको आवाज उठेपछि आज अर्थमन्त्रीले संसदमा जवाफ दिन लागेका छन् । तर अर्थमन्त्रीको सम्बोधनमा एमालेले विरोध गर्ने भएसँगै थप छलफल गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?