शिकागो हमला : भाग्नलाई महिलाको भेषमा आक्रमणकारी

लोकपथ
195
Shares

काठमाडौं । शिकागोको उपनगरमा कम्तीमा सात जनाको मृत्यु र ३० जना घाइते हुने गरी भएको गोलीबारीका आक्रमणकारी आक्रमणपछि महिलाको भेषमा रहेको जनाइएको छ । २१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई गोलीबारीको केही घण्टापछि हिरासतमा राखिएको थियो ।

आक्रमणलगत्तै भागाभाग भएको भिडमा मिसिएर भाग्नका लागि रोवर्ट महिलाको भेषमा आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हाइल्याण्ड पार्कमा आक्रमणका लागि उनले हप्तौँदेखि योजना बनाएका थिए ।

संदिग्धले घटनास्थलबाट भाग्नको लागि भेष प्रयोग गरी महिला लुगा लगाएर आमाको घरमा हिँडेको लेक काउन्टी मेजर क्राइम टास्क फोर्सका प्रवक्ता क्रिस कोवेलीले बताए । बन्दुकधारीले करिब एक वर्षअघि कानुनी रूपमा पाँच वटा हतियार खरिद गरेको प्रहरीले जनाएको छ ।

सन् २०१९ को अप्रिलमा उनले आत्महत्या प्रयास गरेको थियो । त्यसको एक सातापछि प्रहरीलाइ बोलाइएको थियो । उनमा मानसिक स्वास्थ्य समस्यासमेत देखिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?